सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगको मौसम मुख्यतया सफा रहेको जनाएको छ ।
पश्चिम तराईका केही स्थानमा हुस्सु÷कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशका धेरै ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि गएरातिदेखि बदली भएको र आज दिउँसोदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, बागमती, कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा मधेश, लुम्बिनी तथा कर्णालीका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।
यसैगरी कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । भोलिदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा