सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २२ । कुमारी बैंक लिमिटेडले युएसएडसँगको साझेदारीमा सञ्चालन गर्दै आएको “देशैभरि, बर्षैभरि” अभियान अन्तर्गत बुढानीलकण्ठ नगरपालिका वडा नं. ४ मा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र वडा अध्यक्ष श्रीराम के.सी.को प्रमुख आतिथ्यमा २०० भन्दा बढी महिला तथा युवा उद्यमीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमले वडामा स्थायी रूपमा बसोबास गर्ने महिला तथा युवाहरूलाई वित्तीय ज्ञान, सिप विकास, र उद्यमशीलतामा प्रेरित गर्ने लक्ष्य लिएको थियो। वडा अध्यक्ष श्रीराम के.सी.का अनुसार, यो कार्यक्रमले समुदायको जीवनस्तर उकास्न र व्यवसायिक सोचलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
कुमारी बैंकले २३ वर्षदेखि बैंकिङ सेवामा सक्रिय रहँदै वित्तीय साक्षरता अभियानलाई निरन्तरता दिइरहेको छ। बैंकले देशभर ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर, र ५४ शाखारहित बैंकिङ इकाइहरू मार्फत प्रभावकारी सेवा प्रदान गर्दै आएको छ।
बैंकका अनुसार, यस प्रकारका प्रशिक्षणले आर्थिक रूपमा सशक्त परिवार, समाज, र राष्ट्र निर्माणमा सहयोग पुर्याउनेछ।
बैंकले भविष्यमा पनि स्थानीय उद्यमशीलता प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ। साथै, उद्यमशीलता विकासका अभियानहरूले आर्थिक स्थायित्व र आत्मनिर्भरता हासिल गर्न सहयोग पुग्ने विश्वास लिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा