सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २२ पौष । नेपाल व्यायाम मन्दिरले १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता आगामी चैत्र ९ गते हुने भएको छ । आज सोमबार एक कार्यक्रमका बिच नेपालको शारीरिक सुगठन खेलको विकासमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको नेपाल व्यायाम मन्दिरले प्रतियोगिता आगामी चैत्र ७, ८, र ९ गते काठमाडौंको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुने जानकारी दिएको हो ।
यस प्रतियोगितामा नेपालभरिका उत्कृष्ट शारीरिक सुगठनका खेलाडीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले प्रतियोगिताको मुख्य उद्देश्य शारीरिक सुगठनको प्रवर्द्धन गर्नुका साथै युवा पुस्तामा स्वास्थ्य, फिटनेस, र अनुशासनको महत्त्वलाई उजागर गर्नु रहेको बताए । यो प्रतियोगिता देशकै
नेपाल व्यायाम मन्दिरका अध्यक्ष प्रधानले पत्रकार सम्मेलनमार्फत भने, “स्वस्थ समाज निर्माणका लागि स्वस्थ मानसिकता आवश्यक छ, जसका लागि शारीरिक तन्दुरुस्ती अनिवार्य छ। यही उद्देश्यले नेपाल व्यायाम मन्दिरले आफ्नो स्थापना कालदेखि नै शारीरिक सुगठन खेललाई प्रोत्साहन गर्दै आएको छ।”
सबैभन्दा प्रतिष्ठित शारीरिक सुगठन प्रतियोगिता मानिन्छ। धर्मश्री प्रतियोगिता केवल प्रतियोगिता मात्र नभएर, शारीरिक सुगठनमा युवाहरूलाई प्रेरित गर्दै स्वस्थ जीवनशैली र अनुशासनको सन्देश प्रवाह गर्ने महत्त्वपूर्ण मञ्च पनि हो।
यस वर्ष धर्मश्री प्रतियोगितामा नयाँ विशेष विधाहरू समावेश गरिएको छ:
१) पूर्व मेयर पी.एल. सिंह मेन्स फिजिक्स (170 cm over/under)।
२) वोमेन्स बडिबिल्डिङ ओपन।
३) ५० वर्षभन्दा माथिका खुल्ला मास्टर शारीरिक सुगठन प्रतियोगिता।
विशेष गरी पूर्व मेयर पी.एल. सिंह मेन्स फिजिक्स विधा स्व. मेयर पी.एल. सिंहको सम्मानमा समर्पित गरिएको छ। यस वर्षको कार्यक्रममार्फत मेयर सिंहप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै खेलाडीहरूको प्रोत्साहनलाई अगाडि बढाउने योजना रहेको छ।
प्रतियोगितामा करिब ६०० खेलाडीहरूको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । खेल विभिन्न तौल समूह (६०, ६५, ७०, ७५, ८०, र ८०+ किलोग्राम) मा विभाजन गरिएको छ। नगद पुरस्कार विवरण यसप्रकार छ:
प्रतियोगिताको अनुमानित लागत करिब १ करोड रुपैयाँ रहेको छ। यो कार्यक्रम सफल बनाउन काठमाडौं महानगरपालिकाले मुख्य प्रायोजकको भूमिका निर्वाह गरेको छ।
“कुनै पनि ठूलो प्रतियोगिता वा सामाजिक कार्यक्रम सफल बनाउन आर्थिक पक्ष निर्णायक हुन्छ। काठमाण्डौं महानगरपालिकाको निरन्तर समर्थनले धर्मश्री प्रतियोगितालाई थप सफल बनाउन सहयोग गरेको छ, अध्यक्ष प्रधानले भने ।”
वि.सं. २०४२ मा स्थापना गरिएको यो प्रतियोगिता अमर शहीद धर्मभक्त माथेमाको स्मृतिमा समर्पित छ। १७ औं संस्करणसम्म आइपुग्दा, धर्मश्री प्रतियोगिताले नेपालभित्र मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो प्रतिष्ठा स्थापित गरेको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा