सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २२ पौष । साताको दोस्रो कारोबारको दिन शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार ४९ दशमलव १२ अङ्कले बढेर २ हजार ६४० विन्दुमा पुगेको छ ।
यसदिन ३१२ वटा कम्पनीका १ करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ३० करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलेपमेन्ट लिमिटेडको २९ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
यसदिन आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन उपकार लघुवित्त र सामुदायिक लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा