सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २२ पौष । कास्की जिल्ला अदालतमा चलिरहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका वकिलले बहस गर्ने तय भएको छ। हालसम्म गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशी र लीला पछाईका तर्फबाट बहस भएको छ।
न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा छविलाल जोशीका तर्फबाट ६ जना कानूनी व्यवसायीले वकालतनामा गरेका छन्। यसमध्ये वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस सकिएको छ भने अन्य पाँचजनाको बहस बाँकी रहेको छ।
रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ, र रास्वपा नेतृसमेत रहेकी अधिवक्ता सोविता गौतमलगायतका कानूनी व्यवसायीले बहस गर्नेछन्। लामिछानेपछि अन्य प्रतिवादीहरू रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ, र आरती गुरुङका वकिलले बहस गर्नेछन्।
प्रतिवादीहरूका तर्फबाट बहस सम्पन्न भएपछि सरकारी वकिलको जवाफी बहस हुनेछ। त्यसपछि न्यायाधीशले प्रतिवादीहरूलाई साधारण तारेख, धरौटी, वा पुर्पक्षका लागि थुनामा राख्ने विषयमा निर्णय गर्नेछन्।
थुनछेक बहसमा संलग्न वकिलहरूको संख्या धेरै भएकाले आदेश आउन केही दिन लाग्ने देखिएको छ। घटनाको गम्भीरताले कानूनी प्रक्रिया थप जटिल बनेको छ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणले देशभर ध्यान तानेको छ। यसमा सात जना प्रतिवादी रहेका छन्, जसविरुद्ध कानूनी कारबाही जारी छ।v
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा