सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दान बहादुर बुढा
मुगु । मुगुमा रहेको एक नगरपालिका र तीन गाँउपालिका गरी चार स्थानीय तह मध्य बौद्व(भोटे) समुदायको बाक्लो बसोबासलाई मध्यनजर गर्दै स्थानीय विद्यालयहरुमा भोटे र नेपाली पाठ्यक्रम लागू गरिएको छ ।
नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई जिम्मा दिए अनुसार मुगमकामारो गाँउपालिकामाले भोटे र नेपाली भाषामा पाठ्यपुस्तक निर्माण गरी पठनपाठनमा सन्चालनमा ल्याएको हो ।
पालिकामा ९० प्रतिशत बौद्व(लामा)धर्मावलम्बी र १० प्रतिशत हिन्दुहरुको वाहुल्यता रहेकाले १७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको पठनपाठनमा सहजताको लागि स्थानिय खस नेपाली भाषा र बौद्व (लामा) भाषामा पाठ्यक्रम तयार गरेको हो ।
यसमध्ये कक्षा २ र ३ को पाठ्यपुस्तक निर्माणको तयारी भइरहेको छ । नेपाली भाषा पढ्न समस्या भएको सुनाउँदै स्थानीय विद्यार्थी छेन्डेल्मा लामाले भोटे भाषाका कारण हाललाई सहज भएको बताइन ।
पालिकामा खसान र भोटेहरुको बसोबास भएकाले भोटे समूदायका बच्चाहरुलाई नेपाली भाषा पठनपाठनमा समस्या आउने गरेको स्थानीय अभिभावकहरुको भनाइ छ ।
हिन्दु र बौद्व धमालम्वीहरुको भूगोल, कला, संस्कृति, जडिबुटी, स्थानीय रैथाने अन्नबाली, भेषभुषा, इतिहास, भाषा, धर्म, स्वास्थ्य, सरसफाई, पर्यावरण, पेसा–व्यवसाय, विपद् व्यवस्थापन तथा जीवनउप योगी सीप समेटेर हिन्दु र बौद्व भाषामा पाठ्यक्रम निर्माण गरिएकाले पढ्नलेख्न निकै सहज भएको अभिभावक ठिल्ले लामाले बताए ।
गाँउपालिका र करानी सामुदाय बिकास केन्द्र नामक सस्थाको पहलमा कक्षा एकको स्थानीय नेपाली भाषा र बौद्व भाषामा पाठ्यपुस्तक निर्माण गरी बिद्यालयमा संन्चालनमा आएपछि हिलो आज कक्षामा पढाउन र लेखाउन निकै सहज भएको शिक्षकहरु बताउँछन् ।
पालिका भित्रका भेषभूषा ,रितिरीवाजलाई समेटेर निर्माण गरिएको स्थानीय पाठ्य पुस्तकले मुगमकामारोङ्ख गाँउपालिकाको शिक्षा सुधारमा निकै ठूलो सहयोग पुग्ने माध्यमिक बिद्यालयका माग्रीका प्रधानाध्यापक लग्नसिंह सेजुवालले बताए ।
स्थानीय पाठ्यपुस्तक कक्षा १ देखि ८ कक्षासम्म सन्चालन गर्ने नेपाल सरकारको नीति भएपनि पहलो चरणमा कक्षा १ को पाठ्यपुस्तक निर्माण गरी संचालनमा ल्याइएको र कक्षा २ र ३ को पुस्तक निर्माण अन्तिम चरणमा रहेको मुगमकामारोङ्ख गाँउपालिका शिक्षा शाखाका देबिसंना ठकुरीले बताइन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा