सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ । स्युचाटार क्रिकेट लिग इन्डोर टि–टेन क्रिकेट प्रतियोगिताको उपाधि किंग्स क्रिकेट एकेडेमीले जितेको छ ।
काठमाडौं स्युचाटारस्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा शनिबार सम्पन्न फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि जित्यो ।
उपाधि जित्न ५९ रनको लक्ष्य पाएको किंग्सले ९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । किंग्सका ओपनर आश्रय बस्नेतले सर्वाधिक २६ रन बनाए जो प्लेयर अफ द फाइनल पनि घोषित भए ।
यस्तै प्रदिप चन्दले १७, प्रसिद्ध श्रेष्ठले अविजित ८ तथा नरेन्द्र चन्दले अविजित ६ रन बनाए । ओपनरद्वय आश्रय र प्रदिपले ४० रनको साझेदारी गर्दै जितको आधार तयार गरे । ग्रेट हिमालयका नितेश कुमार र सन्दिप पराजुलीले १÷१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ५८ रन बनायो । उसका लागि सक्षम बस्ताकोटीले सर्वाधिक १७ रन बनाए । रुपेश श्रीवास्तवले १२, सरोज खत्रीले अविजित ९ रन बनाए । किंग्सको बलिंगमा आश्रय अधिकारी र प्रसिद्ध श्रेष्ठले १÷१ विकेट लिए ।
उपाधिसहित किंग्स क्रिकेट एकेडेमीले एक लाख रुपैयाँ पायो । उपविजेता ग्रेट हिमालयले ४० हजार रुपैयाँ पायो । प्लेयर अफ द सिरिज घोषित टिम बिडीएमएसका निरज भट्ट घोषित भए जसले १० हजार रुपैयाँ पाए ।
यस्तै उत्कृष्ट बलर पनि निरजनै घोषित भए भने उत्कृष्ट ब्याटर टिम बिडीएसका जतिन थापा घोषित भए । उत्कृष्ट ब्याटर र बलरले समान पाँच हजार रुपैयाँ पाए।
उपाधि विजेता खेलाडीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य ध्यान गोविन्द रन्जितले पुरस्कार प्रदान गरे ।
पुरस्कार वितरण समारोहमा ओलम्पिक कमिटिका महासचिव राजीव श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रिय सदस्य नानु बास्तोला, नेपाली कांग्रेसका नेता श्याम कृष्ण खड्का लगायतको उपस्थिति थियो ।
तारकेश्वर युथ क्लबको आयोजनामा आठ दिन संचालित प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रतियोगिताका निर्देशक संजय अधिकारीले प्रतियोगिता उत्साहजनक रुपमा सम्पन्न भएको र आगामी वर्ष यो भन्दा अझ भव्य बनाउने वचनवद्धता व्यक्त गरे ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा