सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काङ्ग्रेस डुब्छ भन्ने हल्ला मात्र भएको बताएका छन् ।
शनिबार पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले बेला बेलामा पार्टीका नेताले अधिवेशन नै नहुने खतरा, पार्टी नै डुब्ने खतरा भनेर चर्चा गर्नुको अर्थ नभएको बताए ।
उनले भने, ‘पञ्चायतको प्रतिबन्धित कालमा समेत पार्टी सञ्चालन गरेर आएका हामी अहिले यस्तो आनन्दको अवस्थामा छौ । बेला बेलामा पार्टीको नेताले भनेको सुनिन्छ, अधिवेशन नै नहुने खतरा छ, पार्टी नै डुब्ने खतरा छ । कहाँबाट कसले डुबाउछ पार्टी, त्यसै डुब्छ पार्टी छैनौ । जो जो नेताले मञ्चमा आएर अधिवेशनको बारेमा धेरै कुरा गर्नुहुन्छ उही नेताको निर्वाचन क्षेत्रमा के भईरहेको छ भन्ने कुरा सार्वजनिक गरिदिनसक्छु ।’
यसको साथै, उनले नयाँ पार्टी र स्टन्डबाजहरूले गाली गरेको भरमा सबैजना अल्मलिएको भन्दै अब अल्मलिन नहुने बताए ।
उनले भने, ‘पार्टीको काँधमा यति ठूलो जिम्मेवारी छ । एउटा नयाँ आयो आयो भनेजस्तो स्टन्डबाजहरू आएका छन्, हल्ला गरेका छन् ।
तपाईंहामी सबैलाई गाली गरेका छन् । आन्दोलन र त्यसको डिफेन्स गरेका छन् । हामी सबै जना अल्मलिएका छौं । अब अल्मलिनु हुँदैन ।’
चैत्र महिनाभित्र नवीकरण नहुने क्रियाशील सदस्यको अब नवीकरण नहुने पनि उनको भनाई छ ।
उनले भने, ‘चैत्र महिनाभित्र नवीकरण नगर्ने काम सक्नुपर्ने छ । त्यसको शूल्क २ सय हो । चैत्र महिनाभित्र नवीकरण नहुने क्रियाशील सदस्यको अब नवीकरण हुँदैन । यो क्यालेन्डर हो, जुन जिल्लाले दिइएको समयभित्र क्षेत्रलाई क्रियाशील दिएन भने जिल्लाले दिएको त्यो क्रियाशील फार्मको नम्बर माथि फ्रिज गरिदिन्छौं । क्षेत्रले तलको तहलाई दिएन भने क्षेत्रको फ्रिज गरिदिन्छौं र तल पठाउँछौं ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा