सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रमा ठूलो परिवर्तन आवश्यक भएको औंल्याएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नवनियुक्त आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण गराउँदै राखेपले परिणाममूखी भएर काम गर्न निर्देशन पनि दिए । उनले सदस्यहरुलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित समारोहमा सदस्यहरुलाई शपथ गराएका हुन् ।
सपथ ग्रहण गर्ने सदस्यहरुमा शान्तकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) छन् ।
मन्त्री चौधरीले राखेपमा नियुक्त भएका सवै सदस्यहरुलाई बधाई दिँदै आफनो चार वर्षे कार्यकालमा उत्कृष्ट काम गर्न आग्रह पनि गरे ।
यही पुस ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले राखेपमा रिक्त रहेका बोर्ड सदस्यमा आठजनालाई नियुक्त गरेको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा