सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले सदन छलेर पार्टी विभाजनको अध्यादेश ल्याउन खोजेको आरोप लगाएको छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै अग्निप्रसाद सापकोटाले सरकारको नियत राम्रो नभएको भन्दै अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने निष्कर्ष निकालेको जानकारी दिए ।
उनले भने,‘अधिवेशन गर्न धेरै नै ढिलो भएसकेको छ । चाँडो भन्दा चाँडो संसदको अधिवेशन आह्वान गर्नुपर्छ । सरकारको नियत राम्रो देखिएको छैन् । सदन छलेर वा संसद छलेर सरकारले अध्यादेश ल्याउन खोज्दैछ । त्यो अध्यादेश पनि पार्टीहरुलाई विभाजन गर्न फुटाउन गर्दैछ । सरकारको गतिविधि हेर्दा लोकतन्त्र माथि निकै ठूलो गम्भिर समस्या पैदा हुँदैछ । यो सामान्य कुरा होइन् । हामी सबै पार्टीहरुसँग छलफल चलाउँछौं र प्रभावकारी दबाब सृजना गछौं ।’
समाजवादी विचारधारको विकासका लागि, सवै पालिकाहरूमा समाजवादका आधारशीला खडा गर्ने गरी तयारी गर्नुपर्नेमा नेताहरूले जोड रहेको पनि उनले जानकारी दिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा