सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल बौद्धिक सम्पत्ति संरक्षण समाजले आफ्नो बाह्रौँ वार्षिक साधारण सभा मनाएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित समाजको बाह्रौँ वार्षिक साधारणभामा महासचिव अम्बर बहादुर थापाले कार्यप्रगति र चालु आ.व.को कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गरेका छन् ।
उनले रचयिताको जीवन भर र निजको मृत्यु भएकोमा, मृत्यु भएको बर्षबाट पचास बर्षसम्म संरक्षित रहने व्यवस्था भएतापनि संरक्षित अधिकारको उल्लङ्घन गरि आर्थिक लाभ उठाई रचना वा ध्वनि अन्कनका प्रतिलिपिहरू उत्पादन गरि बिक्रि वितरण गर्ने कार्यहरु भैरहेको बताए ।
यसको नियन्त्रण व्यवस्थित ढंगबाट हुन नसक्दा श्रष्टाहरु निरुत्साहित भएको उनको भनाई छ ।
उनले भने, ‘कुनै पनि रचनालाई प्रतिलिपि अधिकारको संरक्षण प्राप्त हुन्छ । रचयितालाई प्राप्त आर्थिक र नैतिक अधिकार रचयिताको जीवन भर र निजको मृत्यु भएकोमा मृत्यु भएको बर्षबाट पचास बर्ष सम्म संरक्षित हुन्छ । तर पनि संरक्षित अधिकारको उल्लङ्घन गरि आर्थिक लाभ उठाई व्यापारिक वा अन्य कुनै उद्देश्यले आफ्नो हक नपुग्ने रचना वा ध्वनि अन्कनका प्रतिलिपिहरू उत्पादन गरि बिक्रि वितरण गर्ने कार्यहरु भै आएको पाइन्छ । सो मा नियन्त्रण हुन सकेको छैन भने रोयाल्टीको व्यवस्था पनि व्यवस्थित हुन् नसकेको हुदाँ श्रष्टाहरु उत्साहित रहन सकेका छैनन् ।’
त्यस्तै बौद्धिक सम्पत्ति ऐनको मस्यौदा अहिलेसम्म पनि संसदबाट पारित हुन नसकेको उनले गुनासो गरे ।
उनले भने, ‘बौद्धिक सम्पत्ति ऐनको मस्यौदा २०७६ सालमा अन्तिम चरणमा पुगेर हालसम्म पनि संसदबाट पारित हुन सकेको छैन । यस क्षेत्रमा संलग्न हर व्यक्ति एवं संस्थाको चासो रहेको छ, उद्योग विभाग तथा उद्योग मन्त्रालय पनि ऐन आइदिए हुन्थ्यो भन्ने मा नै रहेका छन् तर आउन सकेको छैन ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा