सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भीम रावलले नेकपा एमाले लक्षित गरेको टीका टिप्पणीहरु अत्यन्त तल्लो स्तरको भएको बताएका छन् ।
बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नकरात्मकता, विरोध र आवेगले देश बन्ने भए धेरै अगाडि बनिसक्ने भन्दै रावलले एउटा कुन्ठा मात्र व्यक्त गरेको बताए ।
उनले भने, ‘भीम रावलले गर्नु भएको पत्रकार सम्मेलन नेकपा एमाले लक्षित उहाँको टिका टिप्पणीहरुका बारेमा सामान्य चर्चा भयो । त्यो कुनै धेरै चर्चा गर्नुपर्ने, धेरै समय खर्चिनु पर्ने विषय पनि होइन । किनभने, नकरात्मकता, विरोध, आवेग र कुन्ठाले देश बन्ने भए धेरै अगाडि बनि सक्ने थियो । आरोपहरु अत्यन्त तल्लो स्तरका छन् र उहाँको एउटा कुन्ठा मात्र व्यक्त भएको छ ।’
त्यस्तै बैठकमा एमाले–कांग्रेस गठबन्धन सरकारले संचालन गरिरहेका कामका बारेमा पनि चर्चा भएको उनले बताए । त्यस्तै नेपाली राजनीतिमाथि भइरहेको बाहिरी प्रभावका विषयमा छलफल भएको सुनाए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा