सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराईले पहिले नै पदाधीकारीकहरुको काम कर्तव्यलाई व्याख्या नगरी ऐन निर्माणमा ध्यान नदिंदा विश्वविद्यालयहरु सञ्चालनमा समस्या देखिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफलमा उनले पछि देखिने समस्याहरुबारे सचेत हुँदै ऐन बनाइएन भने आउने दिनमा अप्ठ्यारो हुने बताइन् ।
उनले भनिन्,अहिले नै पदाधिकारीकहरुको काम कर्तव्यलाई व्याख्या गर्न सकेनौं भने अहिले निर्माण भइरहेको जतिपनि विश्वविद्यालयहरु छन् त्यसलाई चलाउन आज जुन खालका समस्याहरु देखा पररहेको छ त्यसको बारेमा हामी सचेत हुँदै यो ऐन बनाइएन भने भोलि अप्ठ्यारो पर्न सक्छ ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा