सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंमा आज दिउँसो १ बजेर ३ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको केन्द्रविन्दु र म्याग्निच्युडबारे हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन। धक्का सामान्य अवस्थामै स्पष्ट महसुस गर्न सकिने खालको रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
हालसम्म प्राप्त जानकारी अनुसार भूकम्पका कारण कुनै जनधनको क्षति भएको विवरण आएको छैन। स्थानीय बासिन्दाहरूले धक्का महसुस गरेपछि केही समयका लागि त्रासको वातावरण सिर्जना भएको बताए।
विशेषज्ञहरूले भूकम्पको जोखिम न्यूनीकरणका लागि सुरक्षित स्थानमा जानु, बलियो संरचनाको सहारा लिनु, र आपतकालीन सामग्री तयार राख्न सुझाव दिएका छन्।
भूकम्पबारे थप विवरण प्राप्त हुनेबित्तिकै जानकारी गराइनेछ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा