सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चर्चित बालगायक सचिन परियारको असामयिक निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका परियारको बिहीबार बिहान १० बजे निधन भएको हो।
१४ वर्षीय सचिन परियारलाई बुधबार स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल लगिएको थियो। उनका बुवा तेजेन्द्र परियारले छोराको निधनको पुष्टि गरेका छन्। परिवारले उपचारका लागि आर्थिक सहयोगको अपिल गरे पनि उपचार पूरा हुन नपाउँदै उनले यो संसारबाट विदा लिएका हुन्।
सचिन परियारले बाल्यकालमै नेपाली संगीतप्रति आफ्नो अद्वितीय योगदान दिएका थिए। उनका गीतहरू, जस्तै ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘बरको छाँयाले’, र ‘के छ र हजुर’ सामाजिक सञ्जालमा अत्यन्त लोकप्रिय थिए।
सचिनले महानायक राजेश हमालसँग म्युजिक भिडियो अभिनय गरेर सबैलाई प्रभावित पारेका थिए। यस्तै, हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका थिए।
सचिनको निधनले नेपाली संगीत क्षेत्रले एक प्रतिभाशाली बालकलाकार गुमाएको छ। सामाजिक सञ्जाल र सार्वजनिक स्थानमा उनका प्रशंसकहरूले शोक व्यक्त गरेका छन्।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा