सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गौर । रौतहट प्रहरीले एकै दिन ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न समयमा अपराधिक क्रियाकलाप गरि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार एकै दिनमा जिल्लाको विभिन्न ठाउँबाट लुकिछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ हुनेहरुमा सवारी ज्यान मुद्दाका ८ जना, चेक अनादर मुद्दामा ६ जना , अभद्र व्यवहारका ६ जना, बोक्सीको आरोपमा दुव्र्यवहार गर्ने ४ जना, कुटपिटमा ३ जना , गाली बेईजतिमा ३ जना, लेनदेन बिगोमा १ जना र नापतौल कसुरका आरोपी १ जना गरी ३२ जना फरार प्रतिवादी पक्राउ गरिएको उनले जानकारी दिए ।पक्राउ परेकामध्ये सबैभन्दा बढी सवारी ज्यान कसुर सम्बन्धी मुद्दाका आरोपी रहेको उनको भनाइ छ । पक्राउ परेका ३२ जनालाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत रौतहटमा उपस्थित गराईएको प्रवक्ता रायले बताए ।
उनीहरूबाट जरिबाना स्वरूप करीब ६५ हजार रुपैयाँ र ६ महिना कैद असुल गरिनुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा