सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पीजे क्लवसँगको सहकार्यमा बृहत फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ ।
आगामी माघ ४ गते मेरियट होटल काठमाडौंमा हुन गइरहेको रजत जयन्ती विशेष समारोहमा फोटो प्रदर्शनी गर्ने सम्बन्धमा इप्पान र पीजे क्लवबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
फोटो प्रदर्शनीको व्यवस्थापन गर्ने सम्बन्धमा बुधवार इप्पान अध्यक्ष गणेश कार्की र पीजे क्लवका अध्यक्ष द्वारिका प्रसाद काफ्लेबीच सम्झौतापत्र आदान प्रदान भएको छ ।
इप्पान स्थापनाको २५ वर्ष पुगेको अवसरमा इप्पानमा आवद्ध ऊर्जा उत्पादक कम्पनीहरुले नेपालको ऊर्जा क्षेत्रको विकाससँगै स्थानीय क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा पु¥याएको योगदान देखिने ५० वटा फोटो प्रदर्शनीमा राखिने इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
इप्पानले आयोजना गर्ने फोटो प्रदर्शनीलाई दुई भागमा विभाजन गरेर व्यवस्थापन गरिने पीजे क्लवका अध्यक्ष द्वारिका काफ्लेले बताए । जस अनुसार स्वतन्त्र व्यक्ति तथा कम्पनीहरुले पठाएको फोटोलाई पीजे क्लव र इप्पानका प्रतिनिधि सहितको स्वतन्त्र निर्णायक मण्डलले छनोट गरि प्रदर्शनीमा राखिनेछ । यसमा आउने तस्वीरहरुबाट उत्कृष्ट प्रथम, द्धित्तिय र तृतिय हुने तस्वीरलाई क्रमश ः३०,२० र १० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिनेछ ।
अर्कोतर्फ पीजे क्लवकै अगुवाइमा इप्पानमा आवद्ध सदस्य कम्पनीहरुले प्रवद्र्धन गरेका आयोजनाहरुको तस्वीर संकलन गरेर प्रदर्शनीमा राखिनेछ । पीजे क्लवले संकलन गरेका तस्वीरहरु प्रदर्शनीमा राखिएपनि प्रतियोगिताका लागि मान्य हुने छैनन् । ती तस्वीरहरु इप्पानको सम्पत्ती मात्रै हुनेछन् ।
सम्झौतापत्र आदान प्रदान समारोहमा इप्पानबाट अध्यक्ष कार्कीसहित कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्त, प्रमुख कार्यकारी अधिकृत भीम गौतम, पीजे क्लवबाट अध्यक्ष काफ्लेसहित महासचिव अमुल थापा र प्रदर्शनी संयोजक ज्ञानेन्द्र कार्की लगायतको उपस्थिती रहेको थियो ।
फोटो प्रतियोगितामा भाग लिनको लागि यहि पुस २० गतेभित्र ऊर्जासँग सम्बन्धित फोटोहरु पठाइसक्नुपर्ने छ । त्यस्तै रजत जयन्तीकै अवसरमा ५० हजार पुरस्कार राशीको छोटो भिडियो÷वृत्तचित्र प्रतियोगितासमेत आयोजना गरिएकोले सहभागिताको लागि इप्पानले आग्रह गरेको छ । त्यसको लागि पनि पुस २० गतेभित्र भिडियो पठाइसक्नुपर्ने छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा