सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेलहरु बिहीबारबाट सुरु हुदैँछ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले बिहीबार हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच खेल हुन लागेको जानकारी गराएको हो । खेल एन्फा कम्प्लेक्समा दिँउसो ३ बजे सुरु हुनेछ ।
सोही क्रममा नेपाल एपिएफ क्लबको कोच जिवेश पाण्डेले खेलको तयारी राम्रो भएको भन्दै खेलको लागि एकदम तयार रहेको बताए ।
उनले भने, ‘हामी खेलको लागि एकदम तयार छौ । हामीले तयारी राम्रो नै गरिरहेका छौ ।’
यस्तै, सोही टिमका कप्तान अनिता बस्नेतले पहिला भएका गल्तीहरुलाई नदोहोराई टाइटलको लागि खेल्ने बताए ।
उनले भनिन्, ‘तालिमहरु सबै राम्रो नै भईरहेको छ । पहिला भएका गल्तीहरुलाई नदोहोराई राम्रो तरिकाले खेल्ने छौ ।
टाइटलको लागि नै भनेर खेल्ने हो । मेरो गल्तीहरुलाई सिखको रुपमा लिएको छु र अब राम्रो गर्ने योजना छ ।’
यसको साथै, त्रिभुवन आर्मी क्लबका कोच कृष्ण ठगुन्नाले पनि उपाधी जित्ने अपेक्षा राखेको बताए ।
उनले भने, ‘तयारी सबै राम्रो नै छ । उपाधी जित्ने अपेक्षा छ ।’
यस्तो घरेलु लिगहरुले खेलाडीहरुलाई प्रोत्साहन गर्ने भन्दै यस्तो खेल आवश्यक भएको सोही टिमकी कप्तान पुनम जर्घा मगरले बताईन् ।
उनले भनिन्, ‘टिमको तयारी राम्रो नै भईरहेको छ र राम्रो खेल्ने आशा गरेका छौ । उपाधी पाउने नै प्रयास हो । घरेलु लिगहरु धेरै हुनुपर्छ जस्तो लाग्छ मलाई । हाम्रो किप्परहरु राम्रो नै छ ।’
अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा हुने अन्तिम चरणको लिगमा ५ टोलीलले प्रतिस्पर्धा गर्नेछन् । गत भदौमा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका थिए ।
माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र बागमती युथ क्लबले सहभागीता जनाउँदै छन् ।
अन्तिम चरणका लागि छनोट भएको कोशी प्रदेशले आर्थिक कारणले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । कोशीले नाम फिर्ता लिएपछि पहिलो चरणको लिग छैठौं स्थानमा रहेको बागमती युथ क्लबले अन्तिम चरण खेल्ने अवसर पाएको छ । अन्तिम चरणमा २४ खेलहरु हुनेछन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा