सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि लक्षित गरेर ‘क्यानडा समिट २०२५’ आयोजना हुने भएको छ ।
आगामी जनवरी ९ तारिखका दिन इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी)ले बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्था आइसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले जानकारी दिए । कार्यक्रम आईसीसीसीको कार्यालय पुतलीसडकमा हुनेछ।
कार्यक्रममा सेन्टेनियल कलेज, लेकहेड युनिभर्सिटी, एसएआईटी, दरहम कलेज, सेनेका पोलिटेक्निक र जर्जियन कलेज जस्ता प्रसिद्ध क्यानेडियन संस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने मौका हुनेछ।
सहभागीहरूले क्यानडाको भिसा प्रक्रियाबारे जानकारी पाउने, विशेषज्ञहरूसँग छलफल गर्ने र आफ्ना शैक्षिक योजनाहरूका लागि व्यक्तिगत मार्गदर्शन प्राप्त गर्ने आइसीसीसीको दाबी छ । समिटले क्यानडा अध्ययनको सपना पूरा गर्नका लागि आवश्यक ज्ञान र सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको भनाइ रहेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा