सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पार्टीको आन्तरिक एकता र नेतृत्वलाई सुदृढ बनाउन नेताहरूले महामन्त्री मुकुल ढकाललाई पुनः पुरानै जिम्मेवारी दिन आग्रह गरेका छन्।
कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले केन्द्रीय कार्यालयमा निवेदन दर्ता गर्दै पार्टीलाई संकटबाट उकास्न ढकाललाई पुनः जिम्मेवारी दिन माग गरेका हुन्।
उनीहरूले निवेदनमा पार्टी पछिल्लो समय संकटमा रहेको जनाउँदै सबै तुष त्यागेर एक भएर अघि बढ्नुपर्ने उल्लेख गरेका छन्। “रास्वपाले आफ्नो मात्र होइन, समग्र वैकल्पिक राजनीति र नेपाली जनताको आशाको भविष्य निर्धारण गरिरहेको छ,” निवेदनमा भनिएको छ।
पछिल्लो असार यता भएका घटनाहरू दुःखद भएको भन्दै नेताहरूले पार्टीलाई नयाँ मार्गदर्शन दिन कोर्स करेक्सन आवश्यक रहेको जनाएका छन्। “राइट टू रिकलको प्रावधानअनुसार हस्ताक्षर र सहमति फिर्ता लिने अधिकार पार्टी नीतिमा समावेश छ। त्यसैले सबै निर्णयलाई पुनरावलोकन गरी एकताको दिशामा अघि बढ्न आवश्यक छ,” निवेदनमा उल्लेख छ।
नेताहरूले पार्टीभित्रको तुष र असहमति समाप्त गरी संकटलाई जुटेर सामना गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले रास्वपालाई नेपाली जनताको लागि बलियो र भरोसायुक्त पार्टीको रूपमा स्थापित गर्न सबै पक्षबाट सहकार्यको आवश्यकता औंल्याएका छन्।
यो अपिलले पार्टी नेतृत्वलाई आन्तरिक समस्याको समाधान गरी एकताबद्ध रणनीति निर्माण गर्न दबाब दिएको छ। महामन्त्री मुकुल ढकालको पुनरागमनले पार्टीलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा