सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ नियुक्त भएका छन्। प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत तामाङलाई गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी दिएको हो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गर्ने निर्णय गरेको थियो। यसअघि उक्त कार्यालयको नेतृत्व गर्दै आएकी एआईजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
तामाङले प्रहरी सेवामा लामो अनुभव हासिल गरेका छन् र उनले अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका छन्। अब उनको नेतृत्वमा काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा