सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सालझण्डी, १६ पौष। नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको द्विपक्षीय सैनिक अभ्यास “सूर्य किरण” को १८औँ संस्करण आइतबारदेखि सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलमा सुरु भएको छ। यो अभ्यास २९ पौषसम्म सञ्चालन हुनेछ।
सैनिक अभ्यासमा विपद् व्यवस्थापन, प्रतिव्रिद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला, र मानवीय सहयोगसम्बन्धी विविध विषय समेटिएका छन्। दुई सेनाबीचको यो अभ्यासले सैन्य रणनीति र अनुभव आदान-प्रदान गर्ने अवसर प्रदान गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
‘सूर्य किरण’ संयुक्त अभ्यासले नेपाली सेना र भारतीय सेनाबीचको सैन्य सहकार्यलाई नयाँ उचाइमा पुर्याउँदै क्षेत्रीय शान्ति, स्थिरता, र द्विपक्षीय समझदारीलाई प्रगाढ बनाउने लक्ष्य राखेको छ।
दुवै सेनाका उच्च अधिकारीहरूको सहभागितामा सुरु भएको यो अभ्यासले विपद्का समयमा आपसी सहकार्यलाई प्रभावकारी बनाउने प्रशिक्षण प्रदान गर्ने र मानव कल्याणका क्षेत्रमा सहकार्यको दायरा विस्तार गर्ने विश्वास गरिएको छ।
‘सूर्य किरण’ अभ्यास नेपाली र भारतीय सेनाबीचको लामो समयदेखिको सफल सैन्य सहकार्यको प्रतीक मानिन्छ। यो अभ्यासले दुवै देशका सेनाबीच विश्वास, भाइचारा, र सहयोगको भावना बढाउँदै क्षेत्रीय सुरक्षा सुदृढ बनाउन उल्लेखनीय भूमिका खेलेको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा