सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, पौष १६। ज्योति विकास बैंक लिमिटेडले ग्राहकहरूको सुविधाका लागि धुलिखेलस्थित “Dusit Thani Himalayan Resort Dhulikhel, Nepal” मा १५% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। यस सम्झौतापछि, बैंकका ग्राहकहरूले रिसोर्टमा खाना तथा पेय पदार्थ, देवराना वेल्ल्नेस स्पा, स्वीमिङ पुल, ज्याकुजी, स्टीम, र साउना जस्ता सेवामा छुट प्राप्त गर्न सक्नेछन्।
यसका साथै, बैंकले पोखरास्थित “Teeka Resort” मा ३०%, “Atithi Resort & Spa” मा २०%, र खोटाङस्थित “Zambala Resort” मा १०% सम्मको छुट प्रदान गर्ने अन्य सम्झौताहरू पनि गरेको छ। ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, बैंकले विभिन्न व्यवसायहरूसँग सहकार्य गरी विशेष छुटका योजनाहरू ल्याउन निरन्तर प्रयासरत रहेको जनाएको छ।
ज्योति विकास बैंकले संस्थागत सुशासन र समाजप्रतिको उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै, नवीनतम सोचसहित नागरिकहरूको जीवनस्तर उकास्न दिगो परिवर्तनका पहलहरू गरिरहेको छ। बैंकले आफ्नो खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा ५०% बढी रकम सामाजिक उत्तरदायित्वका लागि छुट्याएको छ।
ज्योति विकास बैंकले नवजात शिशुहरूको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न “न्यानो नानी” परियोजनामार्फत उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। यो परियोजनाले हरेक वर्ष १८८७ भन्दा बढी नेपाली शिशुहरूको जीवन रक्षा गर्न सहयोग पुर्याएको छ। यस किसिमको समाजसेवाका पहलहरू बैंकलाई अन्य संस्थाहरूभन्दा अगाडि राख्ने प्रमुख कारणहरू हुन्।
बैंकले हाल उपत्यका र उपत्यकाबाहिर १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर, र ७५ वटा एटीएममार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ। यसका साथै, ग्राहकहरूको बैंकिङ्ग अनुभवलाई सहज बनाउन डिजिटल प्रविधिमार्फत पनि सेवा विस्तार गर्ने कार्यमा बैंक निरन्तर क्रियाशील छ।
ज्योति विकास बैंकले दिगो विकासका अभियानहरू सञ्चालन गर्दै आफ्नो अठोटलाई मजबुत बनाइराख्ने प्रतिबद्धता जनाएको छ। बैंकले सामाजिक र आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तनको बीजारोपण गर्दै, नागरिकको सर्वोत्तम हितलाई सधैं प्राथमिकतामा राख्ने जनाएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा