सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । डायनामिक स्काउट क््रयुले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव मनाएको छ । सोमबार डायनामिक स्मारिका विमोचन समारोहको आयोजना गर्दै स्काउट क््रयुले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव मनाएको हो ।
उक्त डायनामिक स्मारिका विमोचन समारोहमा नेपाल स्काउटका अन्तर्राष्ट्रिय आयुक्त देवराज घिमिरेले डायनामिक क््रयुले समाज र राष्ट्रका लागि आवश्यक योग्य नागरिक उत्पादन गर्ने गरेको बताएका छन् ।
उनले अहिलेसम्म डायनामिक क््रयुले सक्षम, दक्ष नागरिक उत्पादन गर्दै अगाडि बढिरहेको बताएका हुन् ।
उनले भने, ‘डायनामिक क््रयुले एउटा डायनामिक युथ प्रोड्युस गर्छ । जसले समाजका लागि, राष्ट्रका लागि आवश्यक सक्षम, दक्ष र योग्य नागरिक उत्पादन गरिरहेको छ । अहिलेसम्मका प्रोडक्टहरु हेर्दाखेरी हामीलाई गर्व लागेको छ ।’
साथै उनले अहिलेको समयमा अरु भन्दा अलग हुन नसके प्रतिस्पर्धात्मक समाजमा आफूलाई उभ्याउन गार्हो हुने बताए । उनले स्काउटका लिर्डसहरुलाई अरुको भन्दा फरक काम गर्न समेत आग्रह गरे ।
उनले भने, ‘अहिलेको समय प्रतिस्पर्धात्मक छ । अब हामी अरु भन्दा अलग हुन सकेनौं भने, अरुको भन्दा फरक गुण, क्यापासिटि डेभलप गर्न सकेनौं भने यो प्रतिस्पर्धात्मक समयमा आफूलाई उभ्याउन गाहे पर्दछ । विद्यालयमा सिक्ने शिक्षा, कलेजबाट पढ्ने शिक्षा सबैले लिएका छन् ।
अडेनरी मान्छे बन्ने हो त्यो शिक्षाबाट । तर स्काउटमा छौं त्यसैले अनौपचारिक शिक्षाले के गर्छ भन्दाखेरी युनिर्भसिटी, कलेज, स्कुल शिक्षा र घरमा सिक्ने अनौपचारिक शिक्षामा एउटा ग्यापको काम गर्दछ ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा