सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १५ पौष । नेकपा एमालेबाट निष्कासनमा परेका डा.भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका छन् ।
एमालेबाट निष्काशित भएपछि रावलले पहिलोपटक आफ्ना कुरा राख्न र आगामी कार्य योजनाबारे जानकारी दिन बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन् । पत्रकार सम्मेलन कार्की ब्याङकेटमा हुनेछ ।
एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेको बताइएको छ ।
रावलले पुस १७ गते नयाँ पार्टी घोषणा गर्ने तयारी थालेको रावल निकट स्रोतले बतायो ।
एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा