सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी विद्यार्थी युनियन, नेपालको केन्द्रीय समितिको राष्ट्रिय महाधिवेशन हुने भएको छ ।
संगठनको केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार बसेको पदाधिकारी समितिको बैठकले आगामी चैत ७ र ८ गते लुम्बिनी प्रदेशको भैरहवामा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको संगठनका केन्द्रीय अध्यक्ष रमेश यादवले जानकारी दिएका छन् ।
पार्टीका महासचिव रामकुमार शर्मा, सचिव शैलेन्द्र साह, युवा विद्यार्थी तथा खेलकुद विभागका प्रमुख बिक्की यादवलगायतको उपस्थितिमा सम्पन्न बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक विभिन्न उपसमिति समेत गठन गरेको बताइएको छ ।
जसपा नेपालले २०८२ बैशाख मसान्तभित्र अधिवेशन गर्न नसक्ने भ्रातृ संगठनको केन्द्रीय समितिलाई विघटन गर्ने निर्णय गरेसँगै पार्टीसम्बद्ध भ्रातृसंगठनहरु अधिवेशन, महाधिवेशनको तयारीमा जुटेको पार्टीको प्रचार विभाग पूर्ण बस्नेतले बताएका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा