सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले बालमैत्री शासन सञ्चालन भएको गाउँपालिका बनाउने तयारी थालेको छ ।
उमाकुण्ड गाउँपालिकालाई २०८३ सालको माघ मसान्तसम्ममा बालमैत्री स्थानीय शासन सञ्चालन भएको गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार र प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारीलगायत गाउँपालिकाका सबै जनप्रतिनिधिहरूको उपस्थितिमा सो प्रतिबद्धता व्यक्त गरिएको हो ।
गाउँपालिकाले जनप्रतिनिधिहरू र सरोकारवालाहरूका लागि आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू लगायत कार्यपालिका सदस्य र वडा सदस्यहरूले सो प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
गाउँपालिका अध्यक्ष सुनुवारले तोकिएको समयभन्दा अघि नै घोषणा गर्नेगरी काम गरिने बताए । त्यसका लागि सबै वडा कार्यालयहरूले पनि सोही बमोजिमको काम अघि बढाउनु पर्नेमा उनले जोड दिए । बालमैत्री शासन घोषणा गर्ने प्रतिबद्धतालाई पूरा गर्न सबै गाउँपालिकावासीको पनि त्यतिकै सहयोग र समर्थनको खाँचो रहेको उनले बताए ।
कार्यक्रममा बालमैत्री स्थानीय शासन सञ्चालनका विभिन्न सूचक र त्यसलाई कार्यान्वयन गर्न गर्नुपर्ने कामका बारेमा जनप्रतिनिधिहरू र सरोकारवालाहरूलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न शाखाका प्रमुख लगायत कर्मचारीहरू, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, बाल क्लब र बाल अधिकार समितिका पदाधिकारीहरू, टोल विकास समितिका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, महिला स्वयंसेवकहरू लगायतको सहभागिता रहेको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा