सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुगु । हिमाली जिल्ला मुगुलगायत जुम्ला ,कालीकोट, हुम्ला,डोल्पामा पर्वको रुपमा मनाइने ‘भैलो पर्व’ लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्ताका स्थानीय पश्चिमी भेषभूषा रितिरिवाजमा आकर्षित हुन थालेपछि भैलो लोप हुने अवस्थामा पुगेको हो ।
मुगमकामारोङ्ख ९का चिमाथ, पापु, छाईल बस्तीमा स्थानीय हिन्दु धमालम्बीहरु मिलेर लोप हुन लागेको पर्व संरक्षणमा पनि जुटेका छन् ।
शसस्त्र माओवादी १० बर्षको जनयुद्व हुँदा थला परेका धार्मिक तथा सास्कृतिक रितिरीवाज चाडपर्वहरु लोप हुनबाट जोगाउने तयारी पनि भइरहेको छ ।
भैलो प्रत्येक वर्ष तीन फरक फरक तिथि, मितिमा खेलिन्छ । पहिलो देउसीभैलो कार्तिक कृष्ण पक्ष अर्थात गाई तिहारको दिनबाट खेलिन्छ ।
दोस्रो भैलो कर्णाली खसान क्षेत्रमा मङ्सिरे पूर्णिमाका दिन खेलिन्छ । जसलाई सानो भैली भन्ने चलन छ । अर्को भैलो कर्णाली खसान क्षेत्र र सुदूरपश्चिम खसानका केही क्षेत्रमा पुस महिनाको औंसीदेखि पूर्णिमासम्म खेलिन्छ । जसलाई पुसे भैलो अर्थात ठूली भैलो भनिन्छ ।
१६ वर्षमुनिकाले खेल्ने भैलीलाई सानी भैली र बूढापाकाहरुले खेलिने ठूली भैलीलाई छाँट भैली भन्ने गरिन्छ । महिलाहरुले फरिया लगाउने, आँचला हाल्ने, लठ्ठी हातमा लिएर लामो लयमा मागल गाए जस्तो गरी गाउने गर्छन् । पुरुषहरुले छोटो तरिकाले भैलो गाउने चलन छ ।
मंसिर पूर्णिमा र पुसे औंसी सम्म खेलिएको भैलोबाट उठेको चामल, पैसा, खानेकुरा आदि जम्मा गरेर त्यसको एक÷दुई दिनपछि नजिकैको चउर वा सार्वजनिक जग्गामा गएर सामूहिक भोज आयोजना गरिन्छ । जसलाई पाठे भात भनिन्छ । पुसे भैलोको बेला विवाह गरेर गएकी छोरीलाई माइतीमा बोलाएर आफन्तहरु भेटघाट गर्ने बिभिन्न परिकारका खाना खाने, सबै गाँउघरमा मानिसहरु एक ठाँउमा जम्मा भएर नाचगान गरिएको स्थानीय धनकृष्ण बडुवालले बताए ।
मुगुको पूर्वी भेगमा रहेको मुगमकामारोङ्ख गाँउपालीकामा रहेको १ देखी ८ वडामा सबै बस्तीहरुमा लामा अर्थात जनजातिहरुको वाहुल्यता रहेको र ९ वडामा हिन्दु धमालम्बीहरु बस्ने भएकाले अन्य धर्मको गतिबिधीहरु बढी हुने र हिन्दुहरुका पर्व चाडपर्वहरु संस्कृति हराउँदै गएकाले संरक्षण गर्न लागिएको वडाध्यक्ष रतन बहादुर बुढाले बताए ।
नेपालमा जुम्लाका कल्यालवंशी १४औं शताब्दीको अन्त्यतिर सन् १३९८ आसपासका बलिराज रावल (शाही ) र अर्का बली अर्थात बलिहाङ पाल्पा बल्ढेङगढी क्षेत्रका मगर राजा थिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा