सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कला, संस्कृतिको ऐतिहासिक महत्व रहेको बताएका छन् । शनिबार नेपाल सम्वत् ११४५ न्हुः देंको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान तथा तुच्चा (जलपान) समारोहलाई सम्बोधन गर्दै उनले हाम्रा मन्दिरहरु र मन्दिरका शैलीहरुको विशेष महत्व रहेकाले नेपाल आफैंमा भरिपूर्ण रहेको बताएका हुन् ।
उनले भने, ‘हाम्रा चाडहरु, कला संस्कृतीहरु अत्यन्तै महत्वपूर्ण छन् । नेपालको कला, नेपालको संस्कृतिको ऐतिहासिक महत्व छ । मन्दिरहरु, मन्दिरका शैलीहरुको आफ्नै महत्व छ । आफ्नै ऐतिहासिकता छ । हजारौं वर्ष अगाडिदेखि हाम्रा कलाहरु अत्यन्तै स्थापित छन् ।’
साथै उनले विभिन्न देशका मानिसहरु नेपालको कलाहरु सिकिरहेको समेत बताए । उनले नेपाल नै कला, संस्कृति र सभ्यताको देश भएको बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा