सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपालका लागि बेलायती राजदूत रब फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन् । आफ्नो श्रीमति जुलिया फेनसंग धनुषाका विभिन्न क्षेत्र घुम्न आएका फेनले शनिबार आफ्नो वैवाहिक वर्षगाँठ जानकी मन्दिर परिषरमै मनाएका हुन् ।
गत वर्ष काम विशेषले जनकपुरधाम आएको बेला उनले यहाँको संस्कृति र ईतिहासले आफू निकै नै प्रभावित भएको भन्दै आफ्नो वर्षगाँठ मिथिलाशैलिमा यहिँ आएर मनाउने सोचेको बताए ।
उनले राम र सिताको प्रेमको चर्चा गर्दै यहाँ आएर फेरि आफ्नो श्रीमतिसंग विवाह गरेको जस्तै अनुभुति भएको बताए । उनले जनकपुरधाम विवाहको लागि उपयुक्त डेस्टिनेसन भएको धारणा राखे । उनले सम्पूर्ण बेलायतवासीलाई एक पटक जनकपुरधाम आउन आग्रह समेत गरे ।
यता जानकी मन्दिरका उतराधिकारी महन्थ राम रोशन दास वैषणवले राजदुत फेनलाई मिथिलाशैलीमा वैवाहिक परमपरा अनुसारका पहिरण लगाईदिनुका साथै मन्त्र पाठ गरि पुनः विवाह गराएका थिए । उनले जानकी मन्दिरको ईतिहास स्मरण गर्दै प्रेमको पहिचान रहेको जानकी मन्दिर र जनकपुरधामलाई विवाह डेस्टिनेसनको रुपमा विकास गर्न सरकारसंग आग्रह गरे ।
राजदुत फेनको वैवाहिक वर्षगाँठ कार्यक्रममा प्रदेशका सभामुख रामचन्द्र मण्डल, संस्कृति मन्त्री रानी शर्मा तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा