सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका छ वटा पालिका समिति पुनर्गठन भएका छन् ।
यसरी पुनर्गठन गरिएका पालिका समितिहरुमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका, चितवनको रत्ननगर नगरपालिका र माडी नगरपालिका, झापाको गौरादह नगरपालिका तथा ललितपुरको बागमती गाउँपालिका र कोञ्ज्योसोम गाउँपालिका रहेको पार्टीको केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।
जसपा नेपालले शुक्रबार आङ्दावा शेर्पाको अध्यक्षतामा शुक्रबार २१ सदस्यीय सोलुदुधकुण्ड नगर समिति पुनर्गठन गरेको छ ।
चितवनको रत्ननगरमा नगरस्तरीय भेलाबाट सरस्वती बर्देवाको अध्यक्षतामा २५ सदस्यीय नगर समिति पुनर्गठन भएको छ भने आशिष मियाँको अध्यक्षतामा १७ सदस्यीय माडी नगर समिति पुनर्गठन भएको छ ।
झापाको गौरादह नगरमा आयोजित भेलाबाट रघुनाथ राजवंशीको अध्यक्षतामा गौरादह नगर समिति पुनर्गठन भएको छ ।
त्यसैगरी मानबहादुर नेगीको अध्यक्षतामा ११ सदस्यीय बागमती गाउँपालिका समिति र जुनीता तामाङको अध्यक्षतामा १७ सदस्यीय कोञ्ज्योसोम गाउँपालिका समिति पुनर्गठन गरिएको बताइएको छ ।
जसपा नेपालले गठन, पुनर्गठन भएका स्थानीय तहका वडा, पालिका र जिल्ला समितिको अधिवेशन २०८१ चैत्र मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा