सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । देशमा ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेकाले बुढ्यौलीपनलाई व्यवस्थित गर्नुपर्ने र परिवारले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा छलफल भएको छ ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्टले बुढ्यौलीपनलाई कसरी राम्रो बनाउने भन्ने विषयमा जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै यस्तो विषयमा छलफल भएको हो ।
शुक्रबार काठमाडौंमा उक्त कार्यक्रमको सुरुवात भएको हो । रोट्री इन्टरनेशनल अन्तरगत नेपाल भित्र १ सय ८० वटा रोट्री क्लबहरु छन् । रोट्री क्लबहरु भएका सबै स्थानमा स्वस्थकर बुढ्यौली भन्ने विषयमा कार्यक्रम आयोजना हुने रोट्री क्लब अफ काठमाडौंको अध्यक्ष सुशील कुमार कार्कीले जानकारी दिए ।
उनले भने, ‘अहिले बुढ्यौलीपनको अवस्थामा मान्छेले बिर्सने खालको समस्याहरु भोग्नुपर्ने हुन्छ । नेपाली समाजमा यसलाई ठूलो रुपमा नलिए पनि भित्र भित्र रोगको हिसाबले बढ्दै गएको अवस्थामा सम्बन्धित विषयमा रोट्रीका सदस्य र यही क्षेत्रमा लाग्ने अन्य मानिसहरुसँग छलफल गर्नको लागि कार्यक्रम आयोजना गरेका छौ । रोट्री क्लबहरु जहाँ जहाँ छन् त्यो सबै ठाँउमा यस्तो कार्यक्रमहरु हुदैँ छ । पहिलो कार्यक्रम यहीबाट सुरु गर्दै छौ । विस्तारै देशको विभिन्न भागमा यसलाई लान्छौ ।’
उनले बुढ्यौली हुदैँ गएपछि स्वास्थ्य जाँच गराउनुपर्ने र परिवारका सदस्यहरुलाई यस्तो अवस्थामा कसरी केयर गर्ने भन्ने बारेमा बुझ्दै जान सक्यौ भने वृद्ध अवस्थामा पनि सुखी रहन सकिने बताए ।
यस्तै, उनले देशमा ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेको भन्दै बुढ्यौलीपनलाई कसरी राम्रो बनाउने भन्नेमा केन्द्रीत भएर अगाडि बढ्न आग्रह गरेका छन् ।
रोटरी विश्वव्यापी रूपमा एकजुट भएका व्यावसायिक र व्यावसायिक व्यक्तिहरूको संगठन हो, जसले मानवीय सेवा प्रदान गर्दछ, सबै पेशामा उच्च नैतिक स्तरहरूलाई प्रोत्साहन दिन्छ, र विश्वमा सद्भावना र शान्ति निर्माण गर्न मद्दत गर्दछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा