सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बुधबारदेखि देशभरका हलमा चलचित्र ‘देववाणी’ प्रर्दशनमा आएको छ । क्रिसमसको अवसर पारेर चलचित्र ‘देववाणी’ प्रदर्शनमा आएको हो ।
फिल्मको प्रचार प्रसारका लागि उक्त फिल्मका भारतीय अभिनेता कुन्दन भारद्वाज र अभिनेत्री अनुजा लेप्चा काठमाडौंमा आइसकेका छन् ।
बाबु साहेब बलामी निर्देशित फिल्म ‘देव बाणी’को टिम प्रचारमा होमिएको छ । पुष १० देखि हलमा लागेको चलचित्र ‘देव बाणी’को प्रचारका लागि अभिनेत्री लेप्चा र अभिनेता भारद्वाजलाई समेत निर्माण युनिटले प्रचारमा व्यस्त बनाएको छ ।
प्रचारमा व्यस्त रहेका अभिनेता भारद्वाजले आफूलाई नेपाल मनपर्ने भएकाले नेपाली फिल्ममा अभिनय गरेको प्रतिक्रिया दिएका छन् । उनले नेपाल न्यूज बैंकको विशेष कुराकानीमा नेपाल आफ्नो मनको घर रहेको बताएका हुन् । उनले फिल्म देवबाणी’ मा आफ्नो भूमिका देवको भएको बताए ।
उनले भने, ‘नेपाल मलाई धेरै नै मनपर्छ । जसमा नेपाली मान्छे भगवान जस्तै छन् । म आफैं यो फिल्ममा दर्शकको साथ पाउँदा धेरै खुसी भएको छु । फिल्म एकदमै एक्सन फिल्म हो । यसमा रोमान्ससँगै कम्पिलिट प्याकेज देख्नुहुन्छ । यसमा मेरो भूमिका देवको छ ।’
साथै उनले अहिलेसम्म नगरेको भूमिका फिल्ममा गरेको बताए । उनले देवबाणी फिल्ममा सबै रोलहरु सम्झिन लायकको भएको बताए । यसैगरी उनले दिनभरको घाममा काम गर्न चुनौति रहेपनि जहाँ चुनौति हुन्छ त्यहाँ सफलता मिल्ने बताए ।
नेपाली सिने बजारमा फिल्मले राम्रो शोहरु पाए नतिजा सकारात्मक आउने आशा व्यक्त गरे । उनले सिने क्षेत्रमा समेत राजनीतिकिरण हुँदा आफूलाई दुःख लागेको गुनासो पोखे ।
यसैगरी कुराकानीको क्रममा अभिनेता भारद्वाजले भोजपुरी फिल्म छायांकनको क्रममा नेपाल आएको बेला नेपालमा दिल बसेको समेत बताए ।
फिल्म ‘देव बाणी’मा नेपाली र हिन्दी दुवै भाषामा डबिङ भएकाले नेपाल र भारतका दर्शकको माया पाउने उनले अपेक्षा राखे । उनले आफ्नो चलचित्र देव बाणीलाई सबै दर्शकहरुलाई चलचित्र हलमा गएर हेर्न समेत अनुरोध गरेका छन् ।
अभिनेता भारद्वाज टेलिशृंखला ‘महाराणा प्रताप’, ‘सिंहासन र महावली हनुमान’ मा अभिनय गरेका छन् । साथै उनले बलिउड फिल्म ‘श्रीदेवी बंगलो’ र ‘मिशन चाइना’मा अभिनय गरेका छन् । उनी भोजपुरी फिल्ममा परिचित अभिनेता हुन् ।
अभिनेत्री अनुजा लेप्चाले फिल्म ‘देव बाणी’ नेपाल र भारतमा एउटै मितिमा रिलिज गर्ने तयारी भएपनि विविध कारणले सम्भव नभएको बताइन् । उनले नेपाल र भारतमा एकै किसिमको अनुकुल समय नमिल्दा सँगै रिलज हुन नसकेको बताइन्। उनले पनि फिल्म ‘देव बाणी’ एक्सन र रोमान्सको शैलीमा बनाइएको बताइन् ।
उनले भनिन्, ‘अहिले सबै जनाले साउथको एक्सन धेरै मन पराउने गर्नुहुन्छ । त्यही किसिमले नेपालमा पनि केही गर्न सकिन्छ कि भनेर फिल्म बनाएका छौं । यसमा एउटा साउथ एक्सन, लभ स्टोरी देख्न सक्नुहुन्छ । सामाजिक सन्देश पनि लिन सकिन्छ । फिल्म मिटरब्याज, शिक्षा नपुगेको ठाँउको बारेमा छ । एउटै मितिमा रिलिज गर्ने तयारी भएपनि विविध कारणले सम्भव भएन ।’
यसैगरी अभिनेत्री लेप्चाले फिल्म मिटरब्याज पीडितहरुको दुःख समेत समावेश गरिएको बताइन् । उनले आफ्नो भूमिका एउटा गाउँको सोझी केटीको भएकाले यसमा डुब्न गार्हो भएको बताइन् ।
उनले भनिन् ,‘मेरो भूमिका गाउँको सोझो केटीको छ । जहाँ कुर्ता सुरुवाल लगाएर आफ्नो भूमिकामा डुब्न अलिकति गार्हो नै भयो । तर गाउँबाटै आएकाले काम गर्न सजिलो नै भयो । तर ४५ डिग्रीको गर्मीमा बढी दौडिएको म सम्झिन्छु ।’
उनले भाषाको कुरामा सुरुमा थोरै समस्या भएको बताइन् । उनले हिन्दीमा डायलगहरु बोल्नुपर्दा टोनहरु पनि नमिल्ने, नर्भस पनि भएँ । तर विस्तारै सजिलो नै भएको बताइन् ।
उनले भनिन् , ‘भाषाको कुरामा सुरुमा अलि गार्हो नै भयो । हिन्दी डायलगहरु बोल्नुपर्दा टोन पनि नमिल्ने, नर्भस पनि भएँ तर विस्तारै सजिलो नै भयो । हाम्रो फिल्म हिन्दी नेपाली दुवैमा छ । तर ह्यारी जोश साउथको अभिनेत्रीको भने हिन्दीमा नै राखिएको छ । भाषाको तयारी १५ दिन अगाडिदेखि नै भइरहेको थियो, कुन्दनजीले धेरै सहयोग गर्नुभयो हिन्दी भाषाको लागि । म ठूलो पर्दामा आउछु भनेर कहिले सोचेको पनि थिएन् । मलाई एकदमै खुसी लागेको छ । जहाँ काम गरे पनि काम देखाउने हो, सजिलो गार्हो भन्दा पनि भारतको कलाकारहरु चिनेको हुदैँन्, भाषा पनि बुझिदैँन् भन्ने चाही थियो । तर राम्रो भयो । म त जहिले राम्रो नै होस् भन्छु ।’
अभिनेत्री लेप्चाले फिल्म क्षेत्र सानैदेखिको रुचीको विषय भएको सुनाइन् । उनले आफू सही ठाँउ र बाटोमा छ भने कसैले हस्तक्षेप गर्न नसक्ने बताइन् ।
उनले भनिन्, ‘फिल्म क्षेत्र भनेको मेरो सानैदेखि रुची भएको क्षेत्र हो । यसमा मलाई मेरो बुबा, आमाले पनि साथ दिनुभयो र आज म यहाँ आइपुग्न सफल भए । फिल्म क्षेत्र राम्रो होइन भन्ने भाष्य छ । यो एकदमै गलत हो । यो आफैं भर पर्ने कुरा हो । जबरजस्ती कसैले गर्दैन् । आफू सही र सही बाटोमा छौं भने कसैले जबरजस्ती गर्दै आउँदैन् । ’
फिल्ममा अभिनेता भारद्वाज र अभिनेत्री लेप्चालाई डेब्यू गराइएको हो । फिल्ममा सुनिल थापा, ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिनालगायतको अभिनय छ ।
एक्सन प्रधान फिल्ममा कुन्दन र अनुजाको स्कृन रोमान्स हेर्न सकिने छ । फिल्मलाई सिमरा, वीरगन्ज, र काठमाडौंमा छायांकन गरिएको हो । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन् ।
हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल छन् । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता मन कुमार लेप्चा र रमेश ढुंगेल झापाली हुन् । फिल्ममा तेञ्जु योञ्जन र रामजी लामिछानेको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ ।
मुभि पोइन्टमा प्रोष्ट प्रोडक्सन गरेको फिल्ममा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलर ग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा