सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । देशभर सामाजिक संघसंस्थाहरूमा राजनीतिक दलहरूको प्रभाव र दलीय प्रतिनिधित्व बढ्दै गएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर–१२ ले भने यस्ता अभ्यासलाई गलत र विकृति भएको भन्दै त्यसो नगर्न आग्रह गरेको छ ।
भरतपुर–१२ मा रहेको रामबेल सामुदायिक बनमा राजनीतिक भागबण्डाका आधारमा नयाँ कार्यसमिति चयन गर्न लागिएको भन्दै रास्वपाका वडा सभापति दीपक राज सेढाईंले साधारण सभामा विज्ञप्ति हस्तान्तरण गर्दै पार्टीको धारणा स्पष्ट पारेका थिए ।
विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक संघ–संस्थाहरूलाई राजनीतिक दलको दबाबभन्दा बाहिर रहनुपर्छ, ताकि ती संस्थाहरू निष्पक्ष रूपमा समुदायको प्रतिनिधित्व गर्न सकून् । सामाजिक संस्था रूपी मन्दिरमा राजनीतिक पार्टीको चप्पल बाहिरै राख्नुपर्छ ।’
साथै, पार्टीले आफ्ना सदस्यहरूले व्यक्तिगत स्वतन्त्रताको प्रयोग गर्दै यस्ता संस्थाहरूमा सहभागी हुन पाउनेमा भने रास्वपा स्पष्ट रहेको बताईएको छ । विज्ञप्तिमा सामाजिक र सार्वजनिक संस्थाहरूको संरक्षण तथा उचित व्यवस्थापनका लागि सधैं तत्पर रहने कुरा पनि उल्लेख छ ।
रास्वपा चितवनका सचिव विशाल कोइरालाले आफ्नो पार्टीले कुनै पनि सामाजिक, सार्वजनिक, वा सामुदायिक संघ–संस्थाहरूमा राजनीतिक दलको हिसाबले प्रतिनिधित्व नगर्ने विधानमै व्यवस्था रहेको बताए । उनले भने, ‘यस्ता पवित्र संस्थामा राजनीतिक दलहरूको प्रतिनिधित्व हुँदा विकृति निम्तिन्छ । वडा समितिको विज्ञप्ति पनि सोही भावना अनुसार आएको हो ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा