सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो भने कोशी प्रदेशका हिमाली क्षेत्रमा बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ ।
यस्तै, विभागका अनुसार आज सातवटै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ भने गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राती पनि हिमाली क्षेत्रमा बदली, पहाडी क्षेत्रमा पनि सामान्य बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा