सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औं दिक्षान्त समारोहको तयारी गरिरहेको छ । यही पुस १३ गते हुने दिक्षान्त समारोहका लागि आवेदन दिएका विद्यार्थीहरु आवश्यक पर्ने गाउन, स्कार्फ र टोपीको जोहो गर्न व्यस्त छन् ।
सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरूले आवेदन फाराम भरेका आधारमा पोशाकको जोहो गरिरहेका छन् । यसै सिलसिलामा सँगै दिक्षित हुने तयारीमा रहेका आमा र छोराले खुशी साटेका छन् ।
उमेरले ५० नाघेकी लक्ष्मी पौडेल क्षेत्री(सिलवाल)र छोरा अभिनव सिलवाल एकसाथ दिक्षित हुने तयारी गरिरहेको सुनाए । ‘म अहिले ५० नाघिसकें । ललितपुरको नमूना मछिन्द्र कलेजबाट प्लसटू र स्नातक पनि त्यहीबाट पास गरेको हुँ । पढाइ छाडेको २० वर्ष भयो । घर परिवार र जिम्मेवारीले गर्दा पढ्न पाएको थिएन । तर अचानक पढाई पूरा गर्ने सोच अनुसार हाललाई त्यो पूरा गरेको छु । र दिक्षान्तको तयारीमा छु,’ उनले भनिन्, ‘मैंले मेरा बच्चाहरुसँगै बसेर पढें । परिवारको साथ र सहयोगले पढाइ पुरा गरेर दिक्षित हुने रहर लागेको हो ।’
‘म अहिले औधी खुशी छु । पढाइको यात्रा अहिलेलाई पूरा गरेको छु । मलाई मेरो परिवारबाट पनि धेरै साथ थियो त्यही भएर पनि म आज यहाँ छु । गाउन लागएर छोरासँगै दिक्षित हुने रहर पूरा गर्दैछु,’ उनले भनिन् ।
छोरा अभिनव सिलवालले आफ्नी आमासँगै पढाई पूरा गरेर दिक्षित हुने तयारी गर्न पाउँदा खुशी लागेको सुनाए । ‘यो मेरा लागि खुसीको पल हो । आमालाई अझै पढ्नु पर्छ भन्न चाहन्छु,’ उनले भने ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा