सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हिरण्यवर्ण महाबिहारमा रहेका मुसाहरु अन्य मुसा भन्दा फरक छन् । यसका हरेक सन्तानको शरीरमा देखिने रङ्ग सुनौलो र गोल्डेन हुन्छ ।
घरमा पाइने मुसा भन्दा अत्यन्तै फरक छ । शक्तिशाली पनि छ । अहिलेपनि यहाँभित्र २० देखि ३० वटा मुसा छन् ।
परापूर्व कालमा शाक्यमूनी भगवान बुद्धको मूर्ति ललितपुरको हिरण्यवर्ण महाबिहार ‘गोल्डेन टेम्पल’मा राख्नुअघि यस ठाउँमा तलाउ थियो । यही स्थानमा एक मूसाको बसोबास गर्नेगरेको इतिहास छ ।
जसलाई हिरण्यिक मुसा भनेर भनियो । भगवान बुद्धले आफूलाई नयाँ विहारभन्दा पनि रत्न चैत्यमा लैजाँदा पुण्य हुनेभनी हिरण्यिक मुसा बास बसेको स्थानमा जान इच्छा देखाएकाले सोही अनुसार सुनौलो वर्ण र हिरा जस्तै टल्कने आँखा भएको मुसा सोही स्थानमा रहेकाले हिरण्यवर्ण महाबिहार‘गोल्डेन टेम्पल’भनिएको हो भन्ने इतिहास छ ।
राजा भाष्करदेव बर्माले १२औं शताब्दीमा स्थापना गरेको मानिएको यस विहारमा हिराजस्तै चम्कने आँखा भएको मुसा बस्ने गरेको र उक्त मुसालाई विरालोले पनि खेद्न नसक्ने गरेको बताइन्छ । यस्तो प्रभावशाली ठाउँलाई शाक्यमूनीले रोज्नुभयो त्यसैले यहाँ बिहार बनेको हो । यहाँ आफू भन्दा पनि प्रभावकारी मुसा रहेछ भनेर आफ्नो नाम राख्नुको साटो हिरण्यवर्ण मुसाको नामबाट महाबिहारको नामकरण भएको हो ।
अर्को नयाँ बिहारबाट पनि परिक्रमा गरेरस्थापना गर्नुभयो । त्यसपछि यहाँ रत्नाधरको पनि राम्रो मुर्ति बन्यो र नृत्यकर्म चल्नथाल्यो । अन्य मुसा भन्दा यसका सन्तानमा देखिने रङ्ग सुनौलो गोल्डेन रगंको हुन्छ । घरमा पाइने मुसा भन्दा अत्यन्तै फरक छ । शक्तिशाली पनि छ । अहिलेपनि यहाँ भित्र २० देखि ३० वटा मुसा छन् । यहाँ हाम्रो अगाडि मुसा आयोभने पनि धपाउन वा खेदाउन हुँदैन् । यहाँको नियम नै यस्तो छ ।
केहीगरी पुजारी र पुजारीको परिवारले नियमसँग नमिल्ने काम गरेभने मुसा रिसाउँछन् । देउतालाई पहिरिएको कपडा वा अन्य सामानहरु लगेर लुकाउँछन् । र क्षमा मागेपछि त्यही ठाउँमा ल्याएर राख्छन् । यस विहारमा बसुन्जेल पुजारीले साबुनपानीले हात धुन मिल्दैन । माटोले नै धुनुपर्छ । साबुनले धोयो र अन्य नियम मिच्यो भने मुसा रिसाउँछ । र मूल्यवान बस्तुहरु लुकाउँछ । धेरै भयो भने टोक्न पनि आउँछ ।
पुजारीले बिहान र बेलुका दुई छाक मात्र खाना खानुपर्छ । भोक लाग्यो भनेर अर्को छाक पनि खायो भने नियम मिचेको मानिन्छ । खान नहुने चीजहरु पनि थाहा नदिइ खायो भने पनि नियम उल्लङघन हुन्छ । खाना पकाउने महिलाले चोखो गरेन भने पनि मुसा रिसाउँछ । उनीहरुलाई रात परेपछि खाना राख्दिन पर्छ । र खानको लागि आउँछ । खानाको रुपमा धेरैजसो धान राखिदिने गरिएको छ । यहाँ बिरालोहरु आइहाले भने मुसाले नै धपाइदिन्छ । मुसाले धपाएको हामीले पनि देखेका छौं ।
केहीगरी पुजारीले नियम उल्लङ्घन गरेमा स्वास्थ्यमा असर गर्छ । आफ्नो पालो नसकिदै अर्को पुजारी फेर्नपर्ने पनि हुन्छ । मुसाहरु विरामी भए भने वा विरामी भएर मर्ने अवस्थामा आयो भने बाहिर नै आएर मर्ने गर्छन् । अर्को रोचक प्रसंग के छ भने बाहिरबाट मलामी आए भने भगवान बुद्धलाई देखाउन मिल्दै भनि ढोका बन्द गर्ने चलन छ । त्यसैले हिरण्यवर्ण महाबिहार सबै बौद्ध धर्मावलम्बीहरुको ठूलो आस्थाको केन्द्र मानिएको हो ।
सदस्य एवम पुरोहित
दिपक बज्राचार्य हिरन्य भर्ना महाबिहार को सदस्य
भगवान बुद्धको मुर्तिमा पनि एकदम प्रभावकारी संवेग समबुद्धका तीन काय हुने गर्छ । वास्तपविक संभोग काय हुन्छ,धर्म काय र निर्माण काय हुन्छ । वरजिनल कायबाट यसमा प्रभाव आइरन्छ । त्यसको प्रभावले कहाँ पवित्र भूमि छ । उहाँले देख्न सक्नुहुन्छ । त्यही हिसाबले यहाँ मुसाको प्रभावले अत्यन्तै प्रभावकारी र शक्तिशालि मुसा बस्छ भनेर मुर्तिले नै थाहा पाउँनु भएको हिसाबले यो ठाउँ रोजेको हो । हिरा जस्तै चम्कने आँखा भएको मुसा भएर विरालोलाई पनि खेद्न सक्ने क्षमता भएको प्रभावशालि ठाउँ यो उहाँले रोज्नु भयो त्यसैले यहाँ बिहार बन्यो । भास्कर देव भर्नाले बिहार बनाउनु भयो । यहाँ चाँही म भन्दा पनि प्रभावकारी मुसा रहेछ मैले आफ्नो नाम राख्नु भएन भनेर हिरन्ने भर्र्ना महाबिहार मुसाको नाम दिनु भयो । अर्को नयाँ बिहारबाट पनि परिक्रमा गरेर यहाँ स्थापना गर्नुभयो । त्यहाँ देखि यहाँ रत्नाधरको पनि राम्रो मुर्ति बन्यो र यहाँको नित्य कर्म चल्न थाल्यो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा