सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डा.शेखर कोइरालालाई धनगढीमा १५ किलोको मालाधनगढी । सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ ।
नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाइएको हो । नेता कोइरालालाई धनगढी विमानस्थालमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो ।
कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई धनगढी विमानस्थलमा डडेल्धुराका नेता युवराज पाण्डेसहितका डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको हो । १५ औं महाधिवेशनका लागि शुभकामना दिदै नेताकार्यकर्ताले कोइरालाको पक्षमा नारा समेत लगाएका थिए ।
स्वागतका लागि धनगढी विमानस्थालमा भेला भएका पार्टी कार्यकर्ताले ‘भावी सभापति डा.कोइराला जिन्दाबाद’, ‘सुदूरपश्चिमले के भन्छ १५ औं महाधिवेशनमा शेखर कोइराला ले भन्छ’ जस्ता कोइरालाको पक्षमा नारा लगाएका थिए । साथै,
स्वागतका लागि थारु सांस्कृति झल्कने पहिरनसहित नृत्य गरिएको थियो । स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रर्दशन गरिएको थियो ।
नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाको गृह प्रदेशमा कोइरालालाई गरिएको भव्य स्वागतले पार्टीभित्र नयाँ तरंग पैदा गराएको छ ।
सुदूरपश्चिम कांग्रेसी नेता तथा कार्यकर्ताहरु पार्टीभित्र नयाँ नेतृत्व आवश्यकता रहेकाले डा.कोइरालाको भ्रमण सान्दर्भिक भएको कांग्रेस बझाङ जिल्ला कार्यसमिति सदस्य महेश बहादुर मल्लले बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा