सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ पौष । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासले बिहीबार यो आदेश जारी गरेको हो।
दुर्गा प्रसाईंका छोरा निराजन प्रसाईंको तर्फबाट नारायण खवासले पुष २ गते थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिट दायर भएलगत्तै, बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै थुनुवा झिकाउने आदेशसहित कारण देखाउ आदेश जारी गरेको थियो। उक्त आदेशपछि थप सुनुवाइका लागि मुद्दा न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासमा पुगेको थियो।
सुनुवाइका क्रममा अदालतले थुनामुक्तको मागलाई जायज ठहर गर्दै दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो। अदालतको यो निर्णयपछि प्रसाईं अब थुनाबाट मुक्त हुनेछन्।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा