सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ पोष । काठमाडौँ महानगरपालिकाले भाटभटेनी सुपरमार्केटलाई दूषित नरिवल बिक्री गरेको भन्दै दुई लाख रुपैयाँ जरिवाना गरेको छ। महानगरका अनुगमन टोलीले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा गरेको अनुगमनपछि यस्तो कारबाही गरिएको हो।
महानगरको गुनासो इकाइमा प्राप्त उजुरीका आधारमा महानगर प्रहरी बल र खाद्य प्राविधिकसहितको टोलीले सुपरमार्केटमा प्याक गरिएका नरिवलहरूको अनुगमन गरेको थियो। अनुगमनका क्रममा बिक्रीका लागि राखिएका ४४ वटा प्याकेटमा ढुसी (फङ्गस) लागेको पुष्टि भएको थियो।
ढुसी लागेको पुष्टि भएपछि, बिग्रिएका सबै नरिवल भाटभटेनी सुपरमार्केट व्यवस्थापनको रोहबरमा नष्ट गरिएको छ। खाद्य सुरक्षाका मापदण्ड उल्लङ्घन गर्ने कार्यप्रति काठमाडौँ महानगरपालिकाले कडा कदम चाल्दै दुई लाख रुपैयाँ जरिवाना तोकेको हो।
महानगरले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने कुनै पनि व्यापारिक प्रतिष्ठानलाई सहन नहुने बताउँदै नियमित अनुगमनलाई थप सशक्त बनाउदै आएको छ ।
यस घटनाले खाद्य सुरक्षा र गुणस्तरप्रति ध्यान दिनुपर्ने आवश्यकता झल्काएको छ। काठमाडौँ महानगरपालिकाको यो कदमले उपभोक्ताको अधिकारको संरक्षण र व्यापारीहरूलाई उत्तरदायी बनाउने दिशामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा