सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ४ पौष । क्यान्सरजस्तो गम्भीर रोगसँग लामो समयसम्म लड्दै आएका विवेक पंगेनीको दुःखद निधन भएको छ। चौंथो स्टेजमा पुगेको ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका विवेकको उपचारका क्रममा हिजो अस्पतालमा निधन भएको हो।
निरन्तर उपचारका बाबजुद केही दिनदेखि विवेकको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
उहाँको निधनले परिवार, आफन्त, र सामाजिक सञ्जालका शुभचिन्तकहरूलाई गहिरो शोकमा डुबाएको छ।
विवेकको उपचार र स्वास्थ्य लाभको लागि आफ्नो सबै बलबुता खर्चिएर तारिफ पाएकी श्रीमती शृजना पंगेनी सामाजिक सञ्जालमा भाइरल भएका थिए ।
सुन्दर श्रीमतीसँग बेढंगी पाराले नाच्ने विवेकलाई टिकटकमा प्रायले नोटिस गरेका थिए। पछिल्लो समय पनि क्यान्सरसँग लड्दै गर्दा पनि सिर्जनाले बेलाबखत श्रीमानसँग भिडिओहरु बनाएर टिकटकमा पोस्ट गर्ने गर्थिन।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा