सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, ४ पौष । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सुनसरीको धरानमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश जबेगुलाई २०८१ साल मंसिर महिनाको “महिनाको सर्वोत्कृष्ट प्रहरी” (Best Police of the Month) घोषणा गरेको छ।
डीएसपी जबेगुले मंसिर १८ गते धरान उप-महानगरपालिका-१३ मा लागूऔषध गाँजा बोकेर तीव्र गतिमा भागेका दुई सरकारी नम्बर प्लेटका गाडीलाई नियन्त्रणमा लिन विशेष साहस देखाए। गाडी रोक्न ४ राउन्ड गोली फायर गर्दै ६९० किलोग्राम गाँजा बरामद गर्न र गाडीका चालकलाई पक्राउ गर्न सफल भएका थिए।
त्यसैगरी, डीएसपी जबेगुले फरार रहेका बिभिन्न मुद्दाका ११ जना प्रतिवादीलाई पक्राउ गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। साथै, भन्सार चोरी पैठारीबाट ल्याइएका १७ लाख ३२ हजार ४३० रुपैयाँ बराबरका सामानहरू समेत बरामद गरेका थिए।
उहाँको कार्यकुशलता, उच्च मनोबल, र आदेश-निर्देशनको प्रभावकारी पालना गर्दै यो सम्मान प्रदान गरिएको हो। डीएसपी जबेगुको यो सफलताले प्रहरी सेवाको गरिमा बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
प्रहरी नायव उपरीक्षक जबेगुको यो योगदानलाई उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरीले उहाँलाई “महिनाको सर्वोत्कृष्ट प्रहरी”को उपाधि दिँदै अन्य प्रहरी अधिकृतहरूलाई प्रेरित गरेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा