सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, ४ पौष । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । तालुक नेपाल सरकार गृह मन्त्रालयको यही मंसिर २७ गतेको निर्णय अनुसार विशेष व्यूरोबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भई हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पौष ३ गते कार्यभार सम्हाल्नु भएको हो ।
वहाँलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भिम बहादुर दाहाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यलय मोरङ, सुनसरीका प्रहरी प्रमुख सहित सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।
प्रहरी नायव महानिरीक्षक राजन अधिकारीलाई प्रहरीको एक टुकडिले सलामी अर्पण गरेको थियो भने वहाँले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै परिसरमा रहेको पलान्चोक भगवती मन्दिरमा विधिवतरूपमा पूजा अर्चना गर्नु भई कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नुभएको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा पदभार ग्रहण पश्चात् कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले कोशी प्रदेशको बर्तमान शान्तिसुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधको बिद्यमान अवस्था र चुनौती, प्रदेश प्रहरी कार्यालयद्वारा गरिएका नविनतम तथा रचनात्मक कार्यका बारेमा अवगत गराउनु भएको थियो भने उपस्थित सम्पूर्ण प्रहरी अधिकृत तथा प्रहरी जवानहरूलाई प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले आवश्यक निर्देशन समेत दिनु भएको थियो ।
निर्देशनको क्रममा वहाँले शरीरलाई जीवन्त राख्नका लागि जसरी मुटु बिश्राम नलिई निरन्तररूपमा चलायमान रहिरहन्छ त्यसरी समाजको मुटुरूपी प्रहरीले समाजलाई जीवन्त, गतिशील र सुरक्षित राखी राख्न अहोरात्र अथकरूपमा कर्तव्यको बलीबेदीमा आफूलाई समर्पण गर्नु पर्ने हुन्छ । समाजका हरेक पक्षहरू सुरक्षाको जगमा अडेको हुन्छ, सुरक्षानै समाजको मेरूदण्ड हो अनि प्रहरी सुरक्षाको मेरुदण्ड तसर्थ मुटु अनवरत धड्के जसरी आ-आफ्नो पदीय दायित्व अनुसार त्रृटीरहित तवरबाट कार्य सम्पादन गर्न र आईपर्ने चुनौतीहरूलाई जित्न एक निर्भिक, ईमानदार र वफादार राष्ट्र सेवकरूपमा खटिन पर्ने बताउनु भयो ।
साथै वहाँले सवारी दुर्घटना, साईबर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, सहकारी ठगी र अन्य प्रकारका अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्धरुपमा काम गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो।
वहाँले प्रदेश प्रहरी प्रमुखको हैसियतले कुशल अभिभावकको जिम्मेवारी निर्वाह गर्ने बिश्वास दिलाउदै प्रहरी संगठनको छविलाई सदैव उच्च राख्न “अपराधीलाई डर र निर्दोषलाई भर” को पहिचान बनाई व्यावसायीक एवम् निष्ठावान भई नागरिकको सेवामा अहोरात्र खटिन प्रहरी कर्मचारीहरूलाई समेत निर्देशन दिनु भयो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा