सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले बुधबार लिगकपको सेमिफाइनल यात्रा तय गरेको छ । लिभरपुलले प्रिमियर लिगमा रेलिगेसनबाट बच्न संघर्षरत साउथह्याम्पटनलाई २–१ ले हराएको छ ।
त्यसमा आर्ने स्लटको टिमका लागि डार्विन नुनेज र हार्भे इलिटले गोल गरे । यस्तै आर्सनलले भने क्रिस्टल प्यालेसको चुनौतीलाई ३–२ ले समाप्त पारेको हो ।
आर्सनलको योजितको नायक ग्याब्रिएल जेसस रहे । उनले ह्याट्रिक गरे । ब्राजिली खेलाडीले तीनै गोल दोस्रो हाफमा गरेका हुन् । न्युकासलले भने ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गरेको हो ।
त्यसमा सान्ड्रो टोनालीले दुई गेल गरे । अब बिहीबार हुने अन्तिम क्वाटरफाइनलमा टोटनहमले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा