सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ पौष । नेपाली युवा क्रिकेट टोलीले १९ वर्षमुनिको एकदिवसीय शृङ्खलामा हङकङलाई पराजित गर्दै शृङ्खला जितेको छ। बुधबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले हङकङलाई २२६ रनले पराजित गर्दै एक खेल बाँकी छँदै शृङ्खला आफ्नो पक्षमा पारेको हो।
नेपालले टस जितेर ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेटको क्षतिमा २९७ रनको विशाल स्कोर बनायो। नेपाली टोलीका सोहेल कुँवरले ८१ रनको योगदान दिए भने सन्तोष यादव ६६ रनमा अविजित रहे। हङकङका डेनेल मापले ३ विकेट लिए।
२९८ रनको लक्ष्यसहित मैदानमा उत्रिएको हङकङको टोली नेपाली बलरको उत्कृष्ट प्रदर्शनका कारण २९.४ ओभरमा मात्र ७१ रनमा समेटियो। हङकङका कप्तान शिभ माथुरले १६ रन बनाए भने अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन असफल रहे। नेपाली बलर दयानन्द मण्डलले सर्वाधिक ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे।
पहिलो खेलमा ३ विकेटले विजयी भएको नेपालले यस खेलमा फराकिलो जित निकाल्दै तीन खेलको शृङ्खला २-० ले जितेको हो।
तेस्रो तथा अन्तिम खेल पर्सि शुक्रबार हुनेछ। यो शृङ्खला आगामी वर्ष अप्रिलमा काठमाडौंमा आयोजना हुने १९ वर्षमुनिको विश्वकप एशिया छनोटको तयारीका रूपमा आयोजित गरिएको हो।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा