सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १ पौष । नेकपा एमालेका नेता महेश बस्नेतमाथि बलात्कारलगायत गम्भीर आरोप लगाउँदै आएकी शोभा पाठकलाई काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ गरिएको छ।
पक्राउपछि पाठकले आफूविरुद्ध षड्यन्त्र भइरहेको दाबी गर्दै आत्मसमर्पण गरेको बताएकी छिन्। यसअघि पनि उनलाई पुल्चोकबाट साइबर अपराधको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
शोभा पाठकले नेता बस्नेतमाथि भ्रूण हत्या, बलात्कार, र डाँका चोरीजस्ता गम्भीर आरोप लगाउँदै प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन्। उनले बस्नेतले ‘गुण्डा लगाएर’ आक्रमण गराएको पनि आरोप लगाउँदै आएकी छिन्।
यद्यपि पाठकमाथि ‘हनी ट्र्यापिङ’को आरोप लाग्दै आएको छ। प्रहरीका अनुसार पाठकले विभिन्न माध्यमबाट प्रभावशाली व्यक्तिहरूलाई विवादमा तान्ने प्रयास गरेको आशंका छ।
यो प्रकरणले नेता बस्नेत र पाठकबीचको विवादलाई थप चासोको विषय बनाएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा