सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १ पौष । पौष महिनाको पहिलो दिन मै शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार ५१ दशमलव ३७ अङ्कले घटेर २ हजार ६३० दशमलव ९१ विन्दुमा झरेको छ ।
यसदिन ३०४ वटा कम्पनीको १ करोड २७ लाख कित्ता शेयर ५ अर्ब ९३ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २६ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन जानकी फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै साढे ९ प्रतिशतले घटेको छ । नेप्से उच्च अङ्कले घटेको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा