सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय अभ्यासलाई पारदर्शि ढङ्गले अझ उचाईमा पु¥याउन संसदीय पत्रकारीताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
सोमबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजद्धार आयोजित कार्यक्रममा ‘संसदीय पत्रकारिताः अवधारणा र अभ्यास’ विमोचन गर्दै उनले संसदीय पत्रकारीताले नै समाजमा संसदीय व्यवस्थाको महत्वलाई बुझाउन मद्दत गरेको बताएका हुन् ।
उनले भने, ‘समाजमा संसदीय व्यवस्थाको महत्वलाई बताउने ,बुझाउने र यसले गरिरहेको गतिविधिलाई जनतामाझ पु¥याउने र पारदर्शि ढङ्गले यसलाई अझ उचाईमा लैजाने काममा संसदीय पत्रकारीताले भूमिका खेल्दै आएको छ ।’
उनले, संसदको काम कारबाहीलाई प्रभावकारी बनाउन र संसदीय गतिविधिलाई जनतामाझ लैजान संसदका गतिविधिलाई खुला गरेको बताए । पत्रकारहरुलाई लबी भित्र ल्याउने व्यवस्थाबारे नियमावलीमा समेत प्रवन्ध गरेर कार्यविधि बनाउने कार्य गरिरहेको उनले जानकारी दिए ।
उनले भने, ‘संसद्को गरिमालाई उच्च बनाउन,संसदको काम कारबाहीलाई प्रभावकारी बनाउन र संसदीय गतिविधिलाई जनतामाझ लैजानलाई हामीले संसदका गतिविधिलाई खुला गरेका छौं । तर खुला गर्दै गर्दा यसका सकारात्मक र नकारात्मक दुबै पाटो छन् । यसलाई के गर्दा उचित हुन्छ हामीले यसको समिक्षा गर्न जरुरी छ । म आएपछि हामीले पत्रकारहरुलाई लबी भित्र ल्याउने व्यवस्थाको बारेमा नियमावलीमा एउटा प्रवन्ध गरेका छौं । त्यसको आधारमा कार्यविधि बनाउने कार्य पनि गरिराखेको छौैं ।’
यस्तै ,राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद र सिङ्गो संसद सचिवालयको सहकार्यलाई व्यवस्थित गरेर लैजानुपर्ने धारणा राखे ।
सांसदहरु र पत्रकारहरुकोबीच थोरै असमझदारी देखिएको भन्दै त्यसको लागि खुला बहस गर्न आवश्यक रहेको बताए ।
उनले भने,‘सांसद र सिङ्गो संसद सचिवालयको सहकार्यलाई व्यवस्थित गरेर लैजानुपर्छ । सांसदहरु र पत्रकारहरुकोबीच थोरै असमझदारी कहिँ कतै असहज बनेजस्तो देखिन्छ । त्यसको लागि अलि खुला बहस हुनुपर्छ जस्तो लाग्छ ।’
त्यस्तै,उपसभामुख इन्दिरा रानाले सञ्चार क्षेत्रले सत्य र सकारात्मक सन्देश दिने गरी समाचार सम्प्रेषण गर्नुपर्ने बताईन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा