सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, ढाका। बंगलादेशमा आगामी आम निर्वाचनको तयारीका सम्बन्धमा ठूलो अपडेट आएको छ। नोबेल पुरस्कार विजेता तथा अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले २०२५ को अन्त्य वा २०२६ को पहिलो छमाहीमा निर्वाचन हुने सम्भावना रहेको बताएका छन्।
राजनीतिक दलहरूबीच सहमतिमा निर्भर रहने निर्वाचन मितिका लागि युनुसले आयोग गठन गरी सुधार प्रक्रियाको अनुगमन थालिसकेको जनाइएको छ। “यदि राजनीतिक दलहरूले आवश्यक सुधारका लागि सहमति जनाए र निर्धारित मिति अघि नै सहकार्य गरे, मंसिर मसान्तभित्र निर्वाचन सम्भव हुन सक्छ,” युनुसले बताएका छन्।
विजय दिवसको अवसरमा सम्बोधन गर्दै युनुसले १९७१ को मुक्ति संग्राममा बंगलादेशले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरण गरे। विजय दिवस डिसेम्बर १६ मा मनाइन्छ, जुन दिन पाकिस्तान सेनाका ९३,००० सैनिकले आत्मसमर्पण गर्दै बंगलादेशलाई स्वतन्त्रताको बाटोमा पुर्याएका थिए।
युनुसले निर्वाचन प्रक्रिया सुधार्न र राजनीतिक स्थिरता ल्याउन आफ्नो सरकार प्रतिबद्ध रहेको बताउँदै, “न्यायसंगत निर्वाचन प्रणाली निर्माण गर्न सुधार अनिवार्य छ,” भने।
देशमा राजनीतिक अस्थिरताको बीचमा पूर्वप्रधानमन्त्री शेख हसिना भारततर्फ भागेको खबरले थप सनसनी मच्चाएको छ। प्रदर्शनकारीहरूले ढाकास्थित प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेपछि ७७ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी देश भारत पुगेकी हुन्।
उनको सरकारमाथि अदालत र निजामती सेवामा राजनीतिक हस्तक्षेपको आरोप लागेको छ। साथै, विपक्षीहरूको सहभागिताबिना एकतर्फी चुनाव गराएर आफ्नो सत्ता बलियो बनाएको आरोप पनि लाग्दै आएको छ।
बंगलादेशमा राजनीतिक अस्थिरता र जनआक्रोशको कारण आगामी दिनहरूमा थप चुनौतीहरू देखा पर्ने आँकलन गरिएको छ। अन्तरिम सरकारको भूमिकामा सुधार र सहमतिमा आधारित निर्वाचन प्रक्रियाले देशलाई नयाँ दिशामा लैजान सक्ने विश्लेषकहरूले बताएका छन्।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा