सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच वरिष्ठ क्याप्टेन विजय लामा र बरिष्ठ अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन् ।
सोही क्रममा अभिनेत्री गौरी मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने बताईन् ।
यस्तै, उनले आयुर्वेदिक औषधी प्रयोग गर्दा धैर्यता राख्नुपर्ने भन्दै यसको परिणाम आउन ढिला भएपनि राम्रो हुने बताईन् ।
उनले भनिन्, ‘परापूर्व कालमा बन्ने त्यो दबाईहरुबाट हाम्रो घरेलु उपचार गर्दै आउनु भएको थियो भन्ने एउटा प्रसंग आएको छ । यो प्राय हाम्रो उमेर समूहको मान्छेहरु सबैले गर्नु भएको छ जस्तो लाग्छ । हामीले त्यो प्रकारको औषधी खाएका पनि छौ र जानेर नजानेर त्यो उपचार पनि गरेका पनि छांै । हामीलाई अहिले खाएर अहिले परिणाम आउने औषधी चाहिन्छ तर आयुर्वेदिक औषधीहरुले केही समय लिन्छ । यस्तो औषधीको लागि धैर्य राख्नुपर्छ ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा